बुद्ध जयन्तीको शुभकामना ।

♨♨ "जीवन पाउनु भाग्यको कुरा हो, मृत्यु हुनु समयको कुरा हो तर मृत्यु पश्चात पनि अरुको मनमा जिउँदो रहनु यो कर्मको कुरा हो" ♨♨ -भगवान गौतम बुद्ध
बुद्ध जयन्तीको पावन अवसरम सन्सार भरिका सम्पुर्ण बौद्धमार्गीहरुमा शुभकामना ।
बुद्ध शव्दको अर्थ सस्कृत शव्द बुध अर्थात जाग्नु भन्ने हुन्छ । पूर्णरुपमा सांसारिक मोहको पीडावाट जागेका एक महान व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथप्रदर्शक अनि प्रवर्तक हुन बुद्ध । यस्ता महान गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार श्रजना गरेका भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मान्छेलाई सांसारिक मोह र तनाववाट व्यूझाउन सहयोग गरे । जसरी कुनै सामान या मेशिन किन्दा त्यसको प्रयोग गर्ने तरिकाहरु सहितको यसो गर्नु या नगर्नु भन्ने तथ्य सहितको प्रयोग पुस्तीका पाइन्छ त्यस्तै जीवन अनि जगत सम्बन्धी सहज अनि सफलताको प्रयोग पुस्तीका बुद्धले दिएर गएका छन् ।

हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बिजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५६३ मा अहिलेको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरु भएको वगैँचाको विचमा भएको थियो । आज विश्वले बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ती, सत्यता, अहिंसा अनि सरलताकालागी बुद्ध संसारका गुरु हुन्, २५०० वर्ष भन्दा अघिको उन्को ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ, आउनुहोस् आज बैशाख शुक्ल पूर्णिमाको दिन अर्थात बुद्ध जयन्तीमा यिनै महापुरुष गौतम बुद्धको चर्चा गरौ । गौतम बुद्धका जिवनमा यस बैशाख शुक्ल पूर्णिमाले ठूलो महत्व राखेको छ, वहाँको जन्म, ज्ञान प्राप्ती अनि समाधी यही बैशाख पूर्णिमाकै दिन भएको हो ।

यिनै शाक्यमुनी को जन्म, समाधी अनि ज्ञान प्राप्तीको दिनकारुपमा आज विश्वको उत्तरी देखि दक्षिणी ध्रुवसम्म, मृत सागर देखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारस देखि बेईजिगंसम्म आआफ्नै तरिकाले बुद्ध जयन्ती मनाईन्छ । भौतिक शरीर नाश भएपनि आफ्ना ज्ञान, वचन अनि अध्यात्मीक सिपमार्फत बुद्ध हामीसबैको चित्तमा विराजमान नै छन् ।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो र उनि जन्मना साथ उत्तर तर्फ ७ कदम हिँडेर औलालाई हावा तर्फ देखाएका भन्ने किंमदन्तीहरु सुनिन्छ, यसका अनुसार उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तीम अवतार रहेको जानकारी र जनाउ भएको मानिन्छ । जन्मना साथ पोखरीमा स्नान गराईएका यिनी सिद्धार्थ गौतम ले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ, यसरी अलौकीक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनि जन्मेको ७ दिनमै दुख्खद मृत्यू भएको थियो । यद्धपी अत्यन्त अनुशासीत र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरा सँग विाह गरेका थिए । सम्पूर्ण जिवजगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखशयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् ।

यि राजकुमारलाई मानव जिवनमा आईपर्ने पिडा र दुख्ख निवारण गर्ने ज्ञानको खोजी थियो र वर्षौ पछीको यिनको तपस्याले निकालेको दर्शन र ज्ञाननै वुद्धत्व हो । ज्ञान प्राप्तीको पथमा विरामी मान्छेहरु, घाईतेहरु, लोभी का साथसाथै आफ्ना सबैकुरा अरुलाई दान गरेर भिक्षु भएका मान्छेको अवस्था पनि सिद्धार्थ गौतमले नियाले, त्यसपश्चात आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतमनै आज संसारका महान गौतम बुद्ध हुन् । यसरी सांसारिक दुस्खको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृहत्याग गरी बोधगया भन्ने ठाउँमा एक बृक्ष मुनि अधिष्ठानपूर्वक तपश्यामा लिन भए । तपश्याका क्रममा वुद्धलाई सम्यक सम्वोधि अर्थात महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरुमा उनले त्यहि महाज्ञानलाई बाँडे र संसारभर भगवान् वुद्ध भनि कहलिए । वुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभईकन एउटा अहिंसा, अधर्म अनि असत्य वाट मानवलाई जोगाउने एउटा दर्शन् हो, सर्वब्यापी दर्शन। यो धर्म शाक्यमुनि गौतम वुद्ध र उनका अनुयायीहरुका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम वुद्धलाई वर्तमान कल्पको चौथौं सम्यक सम्बुद्ध मानिन्छ ।

विश्वमा ३५ करोड बढि मानिसले वुद्ध धर्म मान्दछन् र यो विश्वको चौथौं ठूलो धर्म हो । अहिले वुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरु नेपाल सहित चीन, भारत, श्रीलंका, बर्मा, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।संसारभरि फैलिएको यस बुद्ध दर्शनको उदगम विन्दु नेपालमा भएकाले नपाललाई शान्तीको देश पनि भनिन्छ, तसर्थ बुद्धको जन्मभुमीमा आजको दिनमा विभिन्न देशहरुले संसारभरिवाट अदभुत मन्दीर गुम्बाहरु निर्माण गरेका छन् ।

बुद्धले ८० वर्षको उमेरमा निर्वाणा प्राप्त गरेका हुन्, उनले बोधगयामा कठोर तपस्या ध्यान पश्चात महाज्ञान प्राप्त गरेका थिए । वुद्धका सवै शिक्षा र उपदेशहरुको संग्रहलाई त्रिपिटक भनिन्छ । त्रिपिटकमा वुद्धका ३२ भौतिक गुणहरुको स(विस्तार वर्णन गरिएको छ । त्यहाँ वुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञानसुत्रहरु संग्रहित छ्न् । वुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य(समुत्पाद हो । आधारभुत गुणहरु अनित्य, दुस्ख र अनात्मलाई वुद्धका आधारभुत सिद्धान्त मानिन्छ । गौतम वुद्धलाई हिन्दू धर्मावलम्बीहरूले भगवान विष्णुका दश अवतारहरु मध्ये एक अवतार मान्दछन् । गौतम वुद्धलाई एसियाका तारा पनि भनिन्छ । वुद्ध नेपालभुमीमा जन्मिएको हुँदा वुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्षेनी सार्वजनिक विदा दिंदै आएको छ ।

वुद्ध भन्नाले बोधि प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ ।उत्तर कोरियाले अशान्त भएर संसार तर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रंग, सम्पती, भाषा र भुगोलका आधारमा विभेद भईरहँदा बुद्धको दर्शनले शान्तीको शान्तपूर्ण वकालत गरिनैरहेको छ । बुद्धका ज्ञानलाई आत्मसाथ गरेमात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ, संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्कि आउ शाक्यमुनी , शान्तीको सन्देश लिएर आऊ है । बुद्धजयन्तीको शुभकामना

News Images:
News Files:

News And Announcement List

- 29 Nov, 2019

Junior class picnic

Details

- 22 Nov, 2019

Congratulation

Details


Happy Universal Children's Day

Details


आदरणीय अभिभावक ज्यू

Details

- 08 Nov, 2019

Inter-house wall magazine competition

Details


आदरणीय अभिभावक ज्यू

Details


आदरणीय अभिभावक, शिक्षक, कर्मचारी तथा प्यारा बिद्यार्थी भाइबहिनी

Details


बडा दशैँ,शुभ दिपावली,नेपाल सम्बत् ११४० तथा छठ पर्व

Details


आदरणीय अभिभावक ज्यू, नमस्कार 🙏

Details

- 01 Oct, 2019

Dashain & Tihar Vacation Notice !

Details