आदरणीयअभिभावक ज्यू ,
नमस्कार
विषय :नतिजा प्रकाशन सम्बन्धमा।
बिस्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नेपाल लगायत अन्य मुलुकहरु लकडाउनको अवस्थामा रहेकोछ। तसर्थ,अहिले सम्पूर्ण बिधालाहरु बन्द अवस्थामा रहेकोले यस विषम परिस्थितिमा पनि गत वर्ष २०७६ साल फाल्गुन २८ गते देखि चैत्र ५ गते सम्म लिइएको वार्षिक परीक्षाको नतिजा अनलाइन मार्फत गरिएको सम्पूर्ण अभिभावक,बिधार्थी र शिक्षकहरूमा जानकारी गराइञ्छ।
तसर्थ अनलाइन नतिजा हेर्नको लागि निम्न प्रक्रिया अपनाउनु हुन सम्पूर्ण अभिभावाक तथा बिधार्थीहरुमा अनुरोध गरिन्छ।
-सबै भन्दा पहिला Google Chrome मा गएर online.praxis.edu.np टाइप गर्ने त्यसपछि praxis international academy देखिन्छ त्यसपछि Login भन्नेको मुनि दुइ ओटा बक्स देखिन्छ पहिलो बक्समा username र दोस्रो बक्समा password देखाउछ अनि ति username मा बिधार्थीको ID Card मा भएको Regd. No. राख्ने
त्यसपछि password मा Regd. No.@123 टाइप गरेर Sign In गर्ने।
For Example: Grace Lama को Result हेर्नको लागि:
Username:100188
Password:100188@123
यसरी पासवोर्ड राखेर साइन इन गरेपछि जुन पेज खुलिंछ सबै भन्दा माथि रहेको विभिन्न टपिकहरु जस्तै:Message,Complaints,Homework,Exam, Attandance जस्ता अप्सनहरु देखाउछन, ति मध्ये Exam मा click गर्ने त्यसपछि तल Exam Informtion को मुनि रहेको Final Marksheet मा क्लिक गर्ने Annual Exam 2076 देखाउछ त्यसपछि Annual Exam 2076 को दाहिने साईडमा रहेको View Marksheet मा click गरेर रिजल्ट हेर्ने ।
यदि तपाइहरुलाइ कुनै कुराको अफ्ठेरो भएको खण्डमा सम्बन्धित शिक्षकहरुलाइ अथवा बिधालयका प्रिन्सिपल लाइ कल गरेर सोध्न सकिनेछ।
-स्कुलहरु खुल्न अझै समय लाग्न सक्ने भएकोले यो लकडाउन समयलाइ सदुपयोग गर्नको लागि हामीले Online क्लास गर्दैछौ त्यसको लागि तपाइहरु संग Internet को सुबिधा छ भने हाम्रा शिक्षकहरुले तपाइलाइ कल गरेर यसको बारेमा जानकारी गराउने छ।
अन्त्यमा,"संसारको सबैभन्दा ठुलो सम्पत्ति भनेको शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहनु हो "तसर्थ, घरमा बसौ,नियमित तातोपानी पिउ,चिसोजन्य खाने,पिउने कुराहरुलाई कम गरौ, समय समयमा साबुन पानीले हात धोऔ , सामाजित दुरी कायम गरौ ,आफु बचौ अनि अरुलाई पनि बचाउ ; जीवन रहे सबै चिज हेर्न र देख्न पाइन्छ अझै धेरै गर्न बाकि छ ;आफ्नो परिवार, समाज रास्ट्रलाइ तपाइको खाचो छ।
यो लकडाउनलाइ समस्या र चुनौतीको रुपमा हैन,अवसरका रुपमा सदुपयोग गरौ।
"स्वस्थ्य रहनुस , मस्त रहनुस" !
गेन्द्र लामा
प्रिन्सिपल
९८५१०४८३८७
प्राक्सिस इन्टरनेशनल एकेडेमी
चुच्चेपाटी -७, चावहिल काठमाण्डौ
फोन न. ०१-४४८४१७६