अभिभावक वर्गमा अनुरोध ।

आदरणीय अभिभावक ज्यू,
नमस्कार 🙏 
अबको ३० दिन अर्थात एक महिना हजुरका नानीबाबुहरुको पुरै समय हजुरसँग बित्नेछ । यस बीचमा यी कामहरु गर्न नभुल्नु होला
® दशैंमा हुने काटमार र बलि पूजाबाट तपाईंका नानिबाबुलाई टाढै राख्नुहोस्।उनिहरुलाई भनी दिनु होस् कि प्राणीहरुको हत्या गरेर कहिल्यै कसैको हित  हुँदैन ।
® तपाईंका नानीहरुलाई उनिहरुले गर्न सक्ने कामहरु जस्तो तरकारी केलाउने/ काट्ने/ धुने/ पकाउने, चिया बनाउने, घरको सरसफाइ गर्ने, लुगा धुने जस्ता घरायसी कामहरु र खेतबारीमा गरिने कामहरुमा पनि संलग्न गराउनु होस् जसले गर्दा श्रमको मूल्य बुझ्न सकुन् ।
® घरमा आउनु हुने पाहुनाहरुको सत्कार गर्न र आफू भन्दा सानालाई माया गर्न प्रेरित गर्नुहोस् ।
® खाना खाँदा नानिहरुसँगै बसेर खानुहोस् र खानाको महत्त्व बताई दिनुहोस् ।
® आफ्नो परम्परा, संस्कार र संस्कृति अनुसारकै खाना खान र लत्ताकपडा लगाउन दिनुहोस् जसले गर्दा  नानिहरुले हाम्रो परम्परा नबिर्सिउन्।
® तपाईंका नानिहरुले ढकमक्क फूल फुलेको ठाउँमा लैजानु होस् र बताई दिनुस् कि मानिसको जीवन पनि फूल जस्तै हो जसरी फूलहरु घाम पानीको पर्वाह नगरी फूली रहेका हुन्छन् त्यसरी नै हामी पनि एकदिन मरेर जानेछौं तर भोलिको चिन्ताले आज मुस्कुराउन छोड्नु हुँदैन ।
® तपाईंका नानिहरुलाई आफ्नो  टोल, समाजको विभिन्न सामाजिक काममा संलग्न गराउनु होस् , सहयोग लिन र दिन उत्प्रेरित गर्नुहोस् जसले गर्दा समाजमा मिलेर बस्न सिक्ने छन् ।
# पाठ्यक्रमको निश्चित घेरामा रहि पाठ्यपुस्तकमा राखिएका विषयवस्तुको अध्ययनले प्राप्त हुने अंक नै  नानिबाबुको उच्च उपलब्धि होइन ।तपाईंका नानिबाबुलाई गुणवान् , निस्वार्थी, सहयोगी र मिलनसार मानिस बनाउन तपाईंको अहम् भूमिका रहने कुरा नभुल्नु होला ।

News Images:

News Files:

News And Announcement List

- 24 Apr, 2022

We wish all of our parents, teachers, students and well-wishers a happy Democracy day.

Details


दिपावलीको शुभकामना!

Details


गुरु पूर्णिमाको शुभकामना !

Details


बुद्ध जयन्तीको पावन अवसरमा सन्सार भरिका सम्पुर्ण बौद्धमार्गीहरुमा शुभकामना ।

Details


Notice for Result Publication !

Details


नतिजा प्रकाशन सम्बन्धी सुचना ।

Details


संसार भरिका सम्पूर्ण आमाहरुमा मातातिर्थ औसी/आमाको मुख हेर्ने दिनको शुभकामना।

Details


नयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पुर्णमा शुभकामना ।

Details


रिजल्ट प्रकाशन तथा नयाँ शैक्षिक सत्र २०७७ सम्बन्धि अत्यन्त जरुरी सूचना

Details


अन्तरास्ट्रिय नारी दिवस

Details



Quick Links

Contact Us

Facebook