मातृदेवो भव ।
पितृदेवो भव ।।
आचार्यदेवो भव ।।।
'जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी'
'कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’
उल्लेखित संस्कृत श्लोकहरुले आमा अर्थात मातृ महिमा बोकेका छन् । आज वैशाख कृष्णपक्षको औंसी- यिनै महिमा बोकेकी आमाको मुख हेर्ने दिन अर्थात मातातीर्थ औंसी । शास्त्रहरुमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा, भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठो खान तथा राम्रो लगाउन दिई छोराछोरीहरुले आमाबाटशुभ आशिर्वाद ग्रहण गर्ने चलन छ । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मानगरिएको हुँदा यस दिनलाई आमाको मुख हेर्ने दिन भनिन्छ । यस घडिलाई मातातिर्थ औंसी, मातृऔंसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झनेदिन हो । संसारको सबैभन्दा पवित्र नाता, आमा , संसारको सबैभन्दा पवित्र सम्बोधन, आमा।
हामीमध्य धेरैले सर्वप्रथम बोल्न सीकेको शब्द, आमा
अनि पल पलमा संझना आउने, सुख्ख दुख्खमा झझल्को आउने एउटा अनुहार, आमा !
We wish all of our parents, teachers, students and well-wishers a happy Democracy day.
Detailsदिपावलीको शुभकामना!
Detailsगुरु पूर्णिमाको शुभकामना !
Detailsबुद्ध जयन्तीको पावन अवसरमा सन्सार भरिका सम्पुर्ण बौद्धमार्गीहरुमा शुभकामना ।
DetailsNotice for Result Publication !
Detailsनतिजा प्रकाशन सम्बन्धी सुचना ।
Detailsनयाँ वर्ष २०७७ को पावन अवसरमा सम्पुर्णमा शुभकामना ।
Detailsरिजल्ट प्रकाशन तथा नयाँ शैक्षिक सत्र २०७७ सम्बन्धि अत्यन्त जरुरी सूचना
Detailsअन्तरास्ट्रिय नारी दिवस
Detailsसूचना
Details